ASER Karnali – ASER Nepal https://asernepal.org.np Mon, 15 Sep 2025 08:09:00 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1.2 https://asernepal.org.np/wp-content/uploads/2026/06/cropped-asernepal-logo-32x32.jpeg ASER Karnali – ASER Nepal https://asernepal.org.np 32 32 असर जस्तो कार्यसंग सम्बन्धित रहेर आफ्नो समुदायमा थुप्रै काम गर्न उत्साहजनक विचारहरु सिर्जना भएका छन् । https://asernepal.org.np/2022/02/01/working-with-aser/ https://asernepal.org.np/2022/02/01/working-with-aser/#respond Tue, 01 Feb 2022 03:56:55 +0000 https://galligalli.org.np/?post_type=blog&p=575 टोपेन्द्र कुमार शाही – मुख्य प्रशिक्षक शिवालय गाउँपालिका ०५ जाजरकोट

कर्णाली प्रदेश अन्तर्गत ५ ओटा जिल्लाका  ५ ओटा पालिकामा असर नेपाल र गल्ली गल्लीको संयुक्त पहलमा समुदायमा बालबालिकाहरुको सिकाई उपलब्धि मापनको लागि दिईएको तालिममा म पनि सहभागी हुन पाउँदा सर्वप्रथम धन्यवाद दिन चाहन्छु।    

यो तालिमको क्रममा नेपाल तथा अन्य देश विदेशमा रहेका नागरिकहरुले आफ्नै नेतृत्वमा गरिने सिकाई उपलब्धि मापनका विधिहरु के कस्ता छन् भनी प्रशिक्षक सर तथा मेमहरुले तीन दिनसम्म लगातार छलफल र फिल्डमा गएर गर्नु पर्ने सम्पूर्ण कार्यहरुको जानकारी गराउनु भयो त्यो अभ्यास मार्फत म आफैमा यस असर जस्तो कार्यसंग सम्बन्धित रहेर आफ्नो समुदायमा थुप्रै खालका काम गर्न उत्साहजनक विचारहरु सिर्जना भएका छन्।  

तालिम पश्चात म आफ्नो गाउँमा गएर सर्भेक्षण सुरु गर्नु पुर्व पालिकाको उपाध्यक्ष सहित विभिन्न सरोकारवालाहरुसंग भेटघाट गरि बालबालिकाहरुको सिकाईको अवस्थाको बारेमा व्यापक छलफल गरियो . त्यसपछि गाउँपालिकाको प्रत्येक वार्डबाट स्वयंसेवकहरु छनौट गरी जम्मा १८ जना स्वयंसेवकहरुलाई ३ दिन तालिम दियौ। त्यस पश्चात् गाउँमा सिकाई मापन सर्भेक्षण गराउन स्वयंसेवक खटाइयो । त्यस क्रममा हामी आफैंले सर्भेक्षण अनुगमन गर्न गयौं। सर्भेक्षण सिकाई उपलब्धि मापन सकेर आएको तथ्यांकको आधारमा त्यसको प्रारम्भिक प्रतिवेदन वार्ड न ५ का वार्ड अध्यक्ष जस्बिर ओलीज्युको अध्यक्षतामा र शिक्षा शाखा प्रमुख मान बहादुर बस्नेतज्युको  प्रमुख आतिथ्यतामा सिकाइ उपलब्धि मापन नतिजा सम्बन्धी  छलफल पनि भयो।

प्रमुख अतिथिहरुकै हातबाट सर्भेक्षणमा सहभागी स्वयंसेवकहरुलाई प्रमाण पत्र वितरण गरियो । हाम्रो पालिकामा सिकाइ उपलब्धी को अवस्था साह्रै न्यून रहेको यस सर्भेक्षणले देखाएको छ । यस कार्यक्रम पश्चात फेरी पनि पालिकामा सबै टिमसंग बसेर कार्यक्रम राम्रो रहेको र यसलाई अझै निरन्तरता दिने उहाँहरुले प्रतिबद्धता जनाउनु भएको छ। अन्तमा यस तालिममा सहभागी हुँदाका क्रममा सरल तथा सहजताका साथ मापन सामग्री तथा सम्पूर्ण सर्भेक्षणका बारेमा खुल्ला रुपमा तालिम प्रदान गर्नुहुने प्रमिला मेम, ललित सर, राजिब सर र अरुण सरलाई विशेष धन्यवाद ज्ञापन गर्दछुं।

]]>
https://asernepal.org.np/2022/02/01/working-with-aser/feed/ 0